प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

Share:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ।

भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले तथा महामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहभागी थिए।

उच्चस्तरीय राजनीतिक भेटलाई चासोका साथ हेरिएको छ भने छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन।

कमेन्ट गर्नुहोस्
Share: