
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। दुई नेताबीच सोमबार अपरान्ह भेटवार्ता भएको रास्वपा स्रोतले जनाएको छ। उनीहरू विघटित प्रतिनिधि सभामा रास्वपाका एक पूर्वसांसदको घरमा जुटेका हुन्।
भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी छन्। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल जारी रहेको स्रोतको भनाई छ। शुक्रबार कारागारबाट निस्किएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्।
उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रवि र बालेन्द्रबीचको यो पहिलो भेट हो।
