
काठमाडौं। उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधान सेनापतिले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका दुई जना महासेनानीहरूलाई समेत प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
उक्त कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरू तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनहरूको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
