
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले आज बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीको शपथ गराएकी हुन्।
शर्मा नेपाली सेनाका पूर्व रथी हुन्। शर्मा माओवादी लडाकूलाई शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए।
तत्कालीन केपी शर्मा ओलीको सरकार हुँदा कोभिड–१९ को महामारीको बेलामा गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको जिम्मेवारी पाएका थिए। पुर्वरथी शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरेका थिए।
कमेन्ट गर्नुहोस्
