शान्ति सैनिकको अदलीबदली

Share:

काठमाडौं।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार उक्त मुलुकबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका हुन्। हाल उक्त देशमा एक हजार १८८ जना कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: