
काठमाडौं । ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच एकता सहमति जुटेपछि देशव्यापी ‘सिभिलियन फोर्स’ गठन गर्ने घोषणा गरेका छन्।
गुरुङका अनुसार, जनवरी १/२ भित्र फोर्स औपचारिक रूपमा गठन गरिनेछ र यसले सबै नेपालीलाई एकै छातामुनि जोड्दै नेपाललाई डिजिटल रूपमा संगठित गर्ने लक्ष्य राखेको छ। फोर्सको मुख्य उद्देश्य भनेको टोलदेखि गाउँसम्मका समस्याहरूलाई केन्द्रसम्म पुर्याउने संरचना निर्माण गर्नु हुनेछ।
उनले पहिलो प्राथमिकताका रूपमा तीनै नेताबीचको सहमति सुनिश्चित गर्दै जनताको अपेक्षा पूरा गरेको दाबी समेत गरेका छन्। गुरुङले यस अभियानमार्फत समाजिक समन्वय, डिजिटल पहुँच र देशव्यापी नागरिक सहभागिता बढाउने योजना रहेको बताएका छन्।
