पुलचोक बगादी विरौटा टोल विकास संस्थाको अध्यक्षमा बलबहादुर विक चयन

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. २९ अन्तर्गत रहेको पुलचोक बगादी विरौटा टोल विकास संस्थाको ११औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि बलबहादुर विकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा बविता सुनार, सचिवमा सन्तोष सुर्खाली, कोषाध्यक्षमा एलिजा सुनार, सह-कोषाध्यक्षमा निरुदेवी सुनार तथा सह-सचिवमा धनकुमारी बराइली चयन भएका छन्।

यसैगरी सदस्यहरूमा रामबहादुर हमाल, बालकृष्ण आचार्य, कलावती अधिकारी, विनु खत्री, राममाया सुनार, आशा सुनार, विरेन्द्र हमाल र योगराज पौडेल चयन भएका छन्। एक जना सदस्य भने पछि थप गरिने निर्वाचन संयोजक झविन्द्रराज आचार्यले जानकारी दिए।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै पोखरा महानगरपालिका वडा नं. २९ की वडा सदस्य सुकमाया सुनारले टोलको समग्र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे। उनले स्थानीयवासीको सक्रिय सहभागिताबाट नै वडामा विकास निर्माणका कार्यहरू अघि बढिरहेको धारणा व्यक्त गरिन्।

संस्थाका अध्यक्ष सन्तोष हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव, कोषाध्यक्ष र अध्यक्षका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो। नवनिर्वाचित अध्यक्ष बलबहादुर विकले संस्थाको भावी कार्ययोजना प्रस्तुत गर्दै टोलको भौतिक, सामाजिक तथा सामुदायिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

संस्थामा हाल १२५ जना सदस्य आबद्ध रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: