पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

Share:

पोखरा । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत गर्ने काम भइरहेको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजनाले पोखरामा तीन वर्षदेखि काम गरिरहेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक-रत्नचोक-राष्ट्र बैंक चोक-शहिद चोक-लेकसाइड-हल्लन चोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले विद्युत्तार भूमिगत गर्ने कार्य भइरहेको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए ।

उनका अनुसार यस आयोजनाको हालसम्म ६५ प्रतिशत काम सकिएको र न्यूरोड क्षेत्रमा भने केही समयपछि काम हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: