एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने, भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर एमाले निर्वाचनमा होमिदै

Share:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै झापा क्षेत्र नम्बर ५ बाट फागुन २१ गतेको चुनाव लड्ने भएका छन् । एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा ओली परम्परागत क्षेत्रबाटै लड्ने गरि टुंगो गरेको हो । यो क्षेत्रमा ओलीले २०४८ सालदेखि जित्दै आएका छन् । उनी २०६४ मा मात्रै यहाँ पराजित भए ।

यस पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ओलीसँग भिड्ने तयारीमा छन् । यहाँ नेकपाबाट युवा नेता रञ्जित तामाङले टिकट पाएका छन् ।

नेपाली कांग्रेसले टुंगो गर्न बाँकी छ। यसअघि ओलीले क्षेत्र फेर्ने चर्चा थियो । तर ओलीले सम्भवतः अन्तिम चुनाव पुरानै क्षेत्रबाट लड्ने निर्णय गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: