
काठमाडौं । काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसको छोरा प्रधानमन्त्री बन्ने सही समय आएको बताएका छन् ।
रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको परिवर्तन सभालाई सम्बोधन गर्दै बालेनले मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।
सम्बोधनका क्रममा उनले मधेसको अधिकार, समाजवादको व्याख्या र आगामी निर्वाचनमा रास्वपलाई मतदान गर्न आह्वान गरे ।
उनले काठमाडौँमा उखु किसानले आन्दोलन गर्दा सिमित जिम्मेवारीले केहि गर्न नसकिएको दुख पोख्दै काठमाडौँलाई अधिकार माग्ने ठाउँ नभए घुम्ने ठाउँ भएको संज्ञा दिएका छन् ।
कमेन्ट गर्नुहोस्
