आज कस्तो रहनेछ देशभरको मौसम ?

Share:

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कमेन्ट गर्नुहोस्
Share: