बैतडी बस दुर्घटना अपडेट: ४५ जना घाइते, उपचारका लागि डडेल्धुरा अस्पताल लगिदै

Share:

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने बसमा सवार अन्य ४५ जना घाइते भएका छन् । पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा आज साँझ करिब साढे ६ बजेको समयमा पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुस्पा अवस्थी रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख (डिएसपी) दिपक कुमार रायले जानकारी दिए।

घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल लगिदैछ । बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: