सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

253
0
Share:

काठमाडौं । सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार करिब आठ बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागेर भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको हो ।

सिरहाको सुखिपुर गाउँपालिका-३ बैशाखा स्थायी घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर बोलाएका थिए । बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो ।

एक गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मंगलवा पुर्याइएको थियो । चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।

प्रहरीले घटनाबारे अनसन्धान जारी रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: