बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

302
0
Share:

बैतडीको दशरथचन्द नगरपालिका-४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको शुक्रबार दिउँसो आकस्मिक मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहका अनुसार, ड्यूटी सकेर घर फर्केका वड खाना खान घरमा गएपछि अचेत अवस्थामा फेला परे। तुरुन्तै प्रहरीको खबरमा उनलाई जिल्ला अस्पताल बैतडी पुर्‍याइयो, जहाँ चिकित्सकले मृत घोषणा गरे।

सदरमुकाम नजिकको आफ्नो घरमै वड ड्यूटी सकेर भोजनका लागि जाने गर्थे। उनका शव जिल्ला अस्पतालमा राखिएको छ र भोलि पोस्टमार्टम गरी मृत्युको कारण पत्ता लगाइनेछ।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको छ र परिवारलाई आवश्यक सहयोग प्रदान गरिने जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: