काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई रोक्नुपर्छ: रवि लामिछाने

194
0
Share:

काडमाडौं । सर्लाहीमा चुनावी सरगर्मी चुलिँदै गर्दा रवि लामिछाने आक्रामक अभिव्यक्तिसहित मैदानमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले बुधबार सर्लाही जिल्ला पुगेर चुनावी सभा सम्बोधन गर्दै प्रतिद्वन्द्वीमाथि कडा प्रहार गरे।

सर्लाही क्षेत्र नम्बर ४ मा आयोजित सभामा उनले गगनकुमार थापा लाई लक्षित गर्दै “यस पटक कुनै हालतमा हराउनुपर्ने” बताएका छन्। लामिछानेले सो क्षेत्रमा रास्वपाका उम्मेदवार डा. अमरेश सिंह विजयी हुने दाबी गर्दै भने, “मलाई थाहा छ, सर्लाही-४ मा अमरेशजीले जित्नु हुन्छ। नभए पनि मधेशकै अर्को छोराले जित्नुपर्छ। तर यस पटक काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्ने प्रयास भइरहेको छ, त्यो रोक्नुपर्छ।”

उनले पहाडी-मधेशी विभाजनको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिँदै अब ‘नेपाल र नेपालीको मुद्दा’ केन्द्रमा राख्नुपर्ने बताए। “अब म यहाँको, त्यहाँको भन्ने समय सकियो। देशलाई न्याय दिन एकजुट हुनुपर्छ,” उनले भने।

लामिछानेले सर्लाहीसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै विगतमा अन्यायका विरुद्ध आफू लडेको स्मरण गराए। “पहिले सर्लाहीका लागि लडेँ, अब देशलाई न्याय दिनुपर्ने समय आएको छ। मलाई अलिकति न्याय चाहिएको छ, तर धेरै न्याय देशलाई चाहिएको छ,” उनले भावुक अपिल गरे।

कमेन्ट गर्नुहोस्
Share: