
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई मातृशोक परेको छ। उनकी आमा सानुमाया कर्माचार्यको बुधबार बिहान १ः४४ बजे ९६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पारिवारिक जानकारीअनुसार आजै बिहान ९ बजे पोखराको विजयपुरस्थित निवासबाट शवयात्रा सुरु गरिनेछ। त्यसपछि रामघाट (गीता मन्दिर छेउ) मा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ।
मातृशोकमा रहेका कर्माचार्य सुशासनका लागि नागरिक समाज, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल आबद्ध संस्था कास्कीका पूर्वअध्यक्षसमेत हुन्।
कर्माचार्य परिवारमा परेको यस दुःखद घडीमा उद्योगी-व्यवसायी, विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूले गहिरो समवेदना व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
