मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि…

185
0
Share:

काठमाडौं । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग) मतदान केन्द्रमा खटिएका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी-सहायक पाँचौँ तह) रंजित सिवालाई प्रहरीले पक्राउ गरेको हो।

रंगेली नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षिय सिवाले मतदान अधिकृत तथा अन्य कर्मचारीहरूसँग झै-झगडा तथा गालीगलौज गरी निर्वाचन प्रक्रियामा असहयोग गरेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक(डीएसपी) एवं सूचना अधिकारी हरिनन्दन चौधरीले बताए ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले सिवालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। भाेलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: