चितवनमा भोट हालेपछि हेलिकप्टर चढेर प्रचण्ड रुकुम पूर्व जाने, ओली झापा

125
0
Share:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानकै दिन जिल्ला जाने भएका छन् । आफ्नो स्थायी ठेगाना रहेको चितवनमा मतदान गरिसकेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुम पूर्व ओर्लिने कार्यतालिका तय भएको हो ।

​चितवनमा मताधिकार प्रयोग गरेर दाहाल बिहान ११ बजेभित्रै रुकुम पूर्व पुग्नेछन् । उनको साथमा छोरी गंगा दाहालसहित ५ जनाको टोली रहने पार्टीका चुनावी प्रचारप्रसार प्रमुख गणेशमान पुनले जानकारी दिए ।

‘संयोजकज्यूले बिहानै चितवनमा भोट हाल्नुहुनेछ र लगत्तै रुकुम पूर्व प्रस्थान गर्नुहुनेछ,’ पुनले भने, ‘जिल्ला पुगेपछि उहाँले विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गर्ने र मतदातासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरमा छ । २ नम्बर क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले मतदान गर्ने स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य चुनावमा ओली झापा-५ बाट उम्मेदवार छन् । मतदानलगत्तै ओली आफूले उम्मेदवारी दिएको क्षेत्र जाने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: