
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक सुरु भएको छ। मतपेटिका मतगणनास्थलसम्म आइपुगेसँगै सर्वदलीय बैठक सुरु भएको हो ।
झापा– ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङ र नेपाली कांग्रकी मन्धरा चिमरिया लगायत उम्मेदवार छन् ।
काठमाडौं महानगरका पूर्वमेयर समेत रहेका बालेनलाई रास्वपाले प्रधानमन्त्रीकै रुपमा अघि सारेको छ । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
कमेन्ट गर्नुहोस्
