काठमाडौं-४ः रास्वपाका पुकार बमलाई सुरुवाती अग्रता, कांग्रेसका सचिन तेस्रोमा

179
0
Share:

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले सुरुवाती अग्रता बनाएका छन् ।

सार्वजनिक पछिल्लो मत परिणाम अनुसार बमले ८६२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार राजन भट्टराईले २७३ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमिल्सेना २१२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: