कुलमानलाई पराजित गर्दै काठमाडौं-३ बाट रास्वपाका राजु पाण्डे विजयी

140
0
Share:

काठमाडौं क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्।

उनले १८ हजार ७५७ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्दी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन्।

यहाँ नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: