काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा जितेर ‘क्लिनस्विप’ गर्दै रास्वपा

177
0
Share:

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंका सबै दश वटै निर्वाचन क्षेत्र जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिनस्विप’ गर्ने भएको छ। १० मध्ये ६ वटामा रास्वपा उम्मेदवार विजयी भइसकेका छन्। बाँकी ६ वटामा पनि फराकिलो मतान्तरकासाथ रास्वपा उम्मेदवारले अग्रता लिएका छन्।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा १० मध्ये ४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। त्यतिबेला काठमाडौं २ बाट सोविता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ बाट गणेश पराजुली र काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए। बाँकी पाँच निर्वाचन क्षेत्रमा कांग्रेस र एक निर्वाचन क्षेत्रमा एमाले विजयी भएका थिए।

काठमाडौं-१

रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत लिएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रवल थापाको ६ हजार ३३९ मत प्राप्त गरेका थिए।

काठमाडौं-२

रास्वपाका सुनिल केसीले अग्रता लिएका छन्। उनले १५ हजार ५३३ मत लिएर अग्रता लिदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका कविर शर्माले ४७ सय ८२ मत प्राप्त गरेका छन्।

काठमाडौं-३

रास्वपाका राजुनाथ पाण्डेले विजयी भएका छन्। उनले १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

काठमाडौं-४

यो निर्वाचन क्षेत्रमा रास्वपाका पुकार बमले २० हजार १७६ मत लिएर ठूलो अन्तर कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सचिन तिमल्सेनाको मत ६ हजार ५८ मात्र छ। यो क्षेत्रमा तेस्रो स्थानमा एमालेका राजन भट्टराईले ४७ सय २९ मत प्राप्त गरेका छन्। दोस्रो र तेस्रो स्थानमा रहेका यी दुबै उम्मेदवारले सामाजिक सञ्जालमार्फत हार स्वीकार गरिसकेका छन्।

काठमाडौं-५

काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलले ठूलो अन्तर कायम गरेर अग्रता लिएका छन्। उनले २१ हजार ८९३ मत लिएर अग्रता कायम गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ६ हजार ६७५ मत मात्र प्राप्त गरेका छन्।

काठमाडौं-६

यो निर्वाचन क्षेत्रमा रास्वपाको शिशिर खनाल विजयी भइसकेका छन्। उनले २७ हजार ७१९ मत लिएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कृष्ण सबुज बानियाले ६ हजार ६४७ मत मात्रै प्राप्त गरेका छन्।

काठमाडौं-७

यो निर्वाचन क्षेत्रमा रास्वपाका गणेश पराजुली दोस्रो पटक विजयी भएका छन्। पराजुलीले २७ हजार ८ सय ५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९ सय ८२ मत मात्र पाए। पराजुलीले गुरागाईंलाई २३ हजार ८ सय २३ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

काठमाडौं-८

काठमाडौंमा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत लिएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्वी सुमन सायमीले ३२ सय १७ मत मात्रै प्राप्त गरे।

काठमाडौं-९

यो निर्वाचन क्षेत्रबाट रास्वपाले उपसभापति डोलप्रसाद अर्याल उम्मेदवार बनाएको छ। जहाँ उनले ठूलो अन्तरका साथ अग्रता कायम गरेका छन्। अर्यालले २२ हजार ३७८ प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसकी नानुमैया बास्तोलाले ३७ सय १३ मत मात्रै प्राप्त गरेकी द्धन्।

काठमाडौं-१०

यो निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवार प्रदिप विष्ट निर्वाचित भएका छन् । उनले ३७ हजार ४६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत मात्रै ल्याए ।

विष्टले २९ हजार ३६९ मतान्तरले जितेका हुन् । यस्तै नेकपा एमालेको उम्मेद्वार विनोद श्रेष्ठले ४ हजार ८६४ मत ल्याएका छन् । उनले ३० हजार १६६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिमाल कार्कीले ७ हजार ४ मत प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: