कास्की-३ मा रास्वपाकी विना गुरुङ तेब्बर मतान्तरले विजयी

Share:

पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी भएकी छन् । भर्खरै सम्पन्न मतगणना अनुसार गुरुङले झण्डै तेब्बर मतान्तरले जित निकालेकी हुन् ।

विनाको ३७ हजार ७ सय ५० मत आउँदा निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए । तेस्रो बनेका निवर्तमान सांसद एमालेका दामोदर बैरागीको ७ हजार ९ सय ६ मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ५ सय २५ मत ल्याए भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत पाए ।

कमेन्ट गर्नुहोस्
Share: