
चितवन-२ मा रवि लामिछानेको ऐतिहासिक जीत, ५४ हजार ४०२ मतसहित आफ्नै पुराना रेकर्ड तोडे
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन-२ मा रवि लामिछाने भारी मतसहित विजयी भएका छन्। उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् ।
यो जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफ्नै पुराना मत रेकर्ड समेत तोड्दै चितवन–२ मा नयाँ राजनीतिक इतिहास रचेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पछि पार्दै सहज जित निकालेका हुन्।
कमेन्ट गर्नुहोस्
