गगन थापा पराजित, सर्लाही ४ मा अमरेश विजयी

217
0
Share:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । सर्लाही ४ बाट उम्मेदवार बनेका थापा रास्वपाका अमरेशकुमार सिंहसँग हारेका हुन् ।

विजयी सिंहले ३५ हजार ६८८ मत पाए । कांग्रेसका थापाले २२ हजार ८३१ मत पाए । काठमाडौं ४ बाट लगातार जित्दै आएका गगन यसपटक मधेश झरेका थिए । गगन मधेश झर्दा काठमाडौं ४ मा पनि कांग्रेस जित्न सकेन ।

काठमाडौं ४ मा पनि रास्वपाकै पुकार बम विजयी भएका छन् । पुराना दलका प्रमुखमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्रै विजयी हुन सके । कांग्रेस सभापति थापासँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि पराजित भएका छन् । राप्रपाका राजेन्द्र लिङ्देनले पनि चुनाव हारेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: