पार्टी अध्यक्षको हैसियतमा प्रचण्ड मात्रै हुनेछन् संसदमा

137
0
Share:

देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चल्दा प्रमुख दलका अधिकांश शीर्ष नेता (अध्यक्ष/सभापति) पराजित भएका छन् । अघिल्लो संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका छन् ।

त्यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि रास्वपाकै बालेन शाहसँग पराजित भएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि रास्वपाको उम्मेदवारसँग पराजित भएका छन् । अहिलेसम्मको नजिताअनुसार कुनै पनि पार्टीको अध्यक्ष वा सभापतिको हैसियतमा रास्वपा रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । यीमध्ये रवि लामिछाने विजयी भए पनि मुद्दा कारण संसदमा प्रवेश गर्न पाउने छैनन् ।

त्यसैले अहिलेसम्मको नतिजाअनुसार पार्टीको अध्यक्षको हैसियतमा प्रचण्ड मात्रै संसदमा हुनेछन् । यद्यपि, यसमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पनि सम्भावना कायमै छ । तर, उनी लडेको निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: