
पोखरा। लायन्स क्लब अफ पोखरा हेमजाको लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार पोखरा-२५ हेमजास्थित ट्रि हाउसमा सम्पन्न निर्वाचनबाट लायन सुरेश कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। कार्यक्रम लायन वर्ष २०२५/२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
नवनिर्वाचित कार्यसमिति अनुसार प्रथम उपाध्यक्षमा लायन कृष्णमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन गोविन्द दाहाल र तृतीय उपाध्यक्षमा लायन मदन पौडेल चयन भएका छन्। त्यसैगरी सचिवमा लायन सूर्यराज पौडेल, कोषाध्यक्षमा लायन बलराम पौडेल, सह–सचिवमा लियो लायन विष्णुप्रसाद दाहाल तथा सह-कोषाध्यक्षमा लियो लायन विकास त्रिपाठी चयन भएका छन्।
यसैगरी एडमिनिस्ट्रेटिभ चिफमा लायन प्रकाश पौडेल, स्वास्थ्य निर्देशकमा लायन सुविन श्रेष्ठ, एलसिआइएफ संयोजकमा लायन हरिश्चन्द्र पौडेल, चेयरपर्सन गभर्नरमा लायन राजेन्द्र बहादुर सापकोटा तथा न्यू क्लब एक्सटेन्सनमा लायन मोती तिम्सिना चयन भएका छन्।
त्यस्तै मेम्बरशिप ग्रोथमा लायन नवराज त्रिपाठी, सर्भिस ग्रोथमा लायन सुजित श्रेष्ठ, फेलोसिपमा विनोद कुमार श्रेष्ठ तथा मार्केटिङ एण्ड कम्युनिकेशनमा लायन धर्मराज भण्डारी चयन भएका छन्। निर्देशकमा लायन सन्तमान श्रेष्ठ, मिडिया कोअर्डिनेटरमा लियो लायन निराजन अधिकारी तथा सदस्यहरूमा लियो लायन मनोज त्रिपाठी, लियो लायन कपिल दाहाल, इ. रामजी प्रसाद त्रिपाठी, लियो लायन नवीन त्रिपाठी र लियो लायन दिवस बराल चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्लबमार्फत हेमजा क्षेत्रमा सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा निवर्तमान अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलले नयाँ नेतृत्वलाई बधाई दिँदै क्लबले सुरु गरेका सामाजिक सेवा तथा समुदाय केन्द्रित अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे। उनले सबै सदस्यको सहकार्य र एकताले क्लबलाई अझ उचाइमा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए।
