
पोखरा । आलु गाउँका रूपमा परिचित कास्कीको हेम्जामा १४औँ राष्ट्रिय हेमजा आलु महोत्सव आयोजना हुने भएको छ। “सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक” भन्ने मूल नारासहित आगामी चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको हो।
महोत्सव बिष्णु पादुका खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ। शनिबार आयोजित आम भेलाले वसन्त कुमार श्रेष्ठ को संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिको सहसंयोजकमा मिना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर चयन भएका छन्।
भेलाले महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरेको छ। अर्थ सङ्कलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल तथा रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठ, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना, अतिथि सत्कार उपसमिति संयोजकमा पार्वती थापा, सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा इन्द्र थापा चयन भएका छन्।
त्यसैगरी प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, पानी तथा बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा भुवन क्षेत्री, बैंक तथा वित्तीय संस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालन संयोजकमा सागर कुँवर, झाँकी र्याली व्यवस्थापन संयोजकमा उमा भुर्तेल पौडेल, कृषि परिचालन उपसमिति संयोजकमा अर्जुन कार्की, कृषि प्रविधि संयोजकमा कृष्ण तिम्सिना तथा सरसफाइ व्यवस्थापन संयोजकमा सूर्य थापा लाई जिम्मेवारी दिइएको छ।
२०६६ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको यो महोत्सवले स्थानीय कृषि उत्पादन विशेषगरी आलुको प्रवर्द्धन, किसानको प्रोत्साहन तथा हेमजाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले आयोजना गरेको थियो भने दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले आयोजना गरेको थियो। तेस्रो संस्करणदेखि भने बिष्णु पादुका क्लबले निरन्तर रूपमा महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवमा आलुबाट बनेका विभिन्न परिकार, कृषि प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनका स्टल तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।
