गण्डकी प्रदेशले २०८३ सालमा ३ दिन सार्वजनिक बिदा दिने

Share:

पोखरा । गण्डकी प्रदेशले २०८३ सालमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार (चैत ३) बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन बिदा दिने निर्णय गरेको हो ।

भानु जयन्ती, कोजाग्रत पूर्णिमा र प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । सरकारले यो वर्ष चारवटा सार्वजनिक बिदा दिएको थियो । अर्को वर्ष भने बिदा कटौती गरिएको हो ।

यस्तै, मन्त्रिपरिषद्ले गोरखाको छेवेटारमा ज्येष्ठ नागरिक आश्रम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । चैत ८ गते प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको हो ।

गत भदौ २४ गतेको आगजनीमा परेर ध्वस्त भएपछि प्रदेशसभा बैठक मालेपाटनस्थित कृषि मन्त्रालयको तालिम हलमा प्रदेशसभा बैठक बस्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: