‘फोहोर नगर्नुहोस्, सभ्यता अपनाउनुहोस्’: मेयर आचार्य

Share:

पोखरा । लामो समयको निरन्तर प्रयासपछि नगरक्षेत्रको फोहोर व्यवस्थापन पुनः सुचारु भएको छ। यस कार्यमा सहयोग गर्ने सबैप्रति महानगरपालिकाले आभार प्रकट गरेको छ। विगत डेढ/दुई महिनादेखि महानगरपालिका समस्या समाधानका लागि सक्रिय रहे पनि विभिन्न अवरोधका कारण निष्कर्षमा पुग्न सकेको थिएन। निरन्तर प्रयासपछि तत्कालका लागि समस्या समाधान भएको जनाइएको छ।

मेयर धनराज आचार्यले नगरवासीलाई स्वच्छता कायम राख्न सामूहिक जिम्मेवारी लिन आग्रह गरेका छन्। उनले आरोप-प्रत्यारोप र गालीगलौजले समस्या समाधान नगर्ने उल्लेख गर्दै संयमता र सभ्यता अपनाउनुपर्नेमा जोड दिए।

उनले सार्वजनिक सरोकारका विषयमा सचेत रहन, फोहोर व्यवस्थापनमा अवरोध नगर्न, सडक तथा सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न र संकलन गाडी आएपछि मात्र फोहोर व्यवस्थापन गर्न आग्रह गरे।

मेयर आचार्यले दण्डभन्दा पनि अनुशासन र सभ्य व्यवहारमार्फत स्वच्छ सहर निर्माण गर्नुपर्नेमा जोड दिँदै शहरी सौन्दर्यकरण र वातावरणीय स्वच्छतामा सबैलाई इमान्दार बन्न आह्वान गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: