पोखरामा कस्केली समाजले नयाँ नेतृत्व चयन गर्दै २०८३ का कार्यक्रम तय

Share:

पोखरा । कस्केली अधिकृत समाजको कार्यसमितिले समाजको नयाँ संरक्षक र सल्लाहकारहरूको चयन गर्दै आगामी कार्यक्रमहरूका लागि योजना तयार गरेको छ। आठौं अधिवेशन पछिको पहिलो बैठकमा संरक्षकद्वयमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देल चयन भएका छन् भने सल्लाहकारहरूमा दुर्गाबहादुर शाह (बाबा), देबेन्द्र केसी, प्रेमप्रकाश गौतम, भगवान पन्त, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने र लोकनाथ दवाडीलाई नियुक्त गरिएको छ।

कार्यसमितिको सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मेडिकल रेकर्डर अधिकृत भीम पौडेल चयन भएका छन्। बैठकले नयाँ वर्ष २०८३ को क्यालेन्डर प्रकाशनका लागि सचिव महेश पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ।

त्यस्तै पर्यटन प्रवद्र्धनात्मक भ्रमण कार्यक्रम सञ्चालनका लागि सह सचिव वासुदेव पौडेल नेतृत्वमा अर्को उपसमितिको पनि घोषणा गरिएको छ। सभामा समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी ले सभापतित्व गरेका थिए भने सचिव महेश पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए। बैठकमा विगतका कार्यक्रमको समीक्षा र आगामी कार्ययोजनाको विषयमा सदस्यहरूले धारणा राखेका थिए।

समाजले ११औँ साधारणसभा, आठौं अधिवेशन र अधिकृत आवाज अंक ११ को लोकर्पण कार्यक्रममा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: