
काठमाडौं । ब्रेनब्रिज एजुकेसनले विद्यार्थीलाई सही करिअर मार्गनिर्देशन दिने उद्देश्यसहित चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ। काठमाडौंको बानेश्वरस्थित कार्यालयमा हरेक बिहान ९ बजेदेखि सञ्चालन हुने यस सेसन कक्षा १२ का विद्यार्थी तथा ब्याचलर्स अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीलाई लक्षित गरिएको छ। परीक्षा तालिका सार्वजनिक भएसँगै विद्यार्थीहरू आफ्नो भविष्यबारे निर्णय गर्ने संवेदनशील चरणमा हुने भएकाले यस्तो पहल गरिएको संस्थाले जनाएको छ।
संस्थाकी अध्यक्ष अर्चना दवाडीले विद्यार्थीलाई समयमै सही मार्गनिर्देशन मिले भविष्यमा पछुताउनु नपर्ने बताउँदै नेपालमै पढ्ने वा विदेश जाने-दुवै विकल्पबारे स्पष्ट जानकारी दिन कार्यक्रम ल्याइएको बताइन्।
हाल अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, क्यानडा, जर्मनी र फ्रान्सजस्ता मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहजीकरण गर्दै आएको संस्थाले यो सेसनमार्फत थप प्रभावकारी मार्गदर्शन दिने अपेक्षा गरेको छ। यस अवसरमा सहभागी विद्यार्थीलाई भाषा तयारी कक्षाहरू-आईईएलटिएस र पिटिईमा शतप्रतिशतसम्म छुट दिने घोषणा समेत गरिएको छ।
