४३औँ प्रधानमन्त्री बालेन: ‘युवा क्याबिनेट’, सबै नयाँ अनुहार

89
0
Share:

काठमाडौं । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले शपथ लिँदै नयाँ युगको सुरुवात गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (९) अनुसार १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन समेत गरेका छन्। प्रधानमन्त्रीपछि वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् भने त्यसपछि गृहमन्त्री सुधन गुरुङ छन्।

क्याबिनेटको अन्तिम वरीयतामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी परेकी छन्-जो वादी समुदायबाट संघीय सरकारमा पुगेकी पहिलो प्रतिनिधि समेत बनेकी छन्। पदभार ग्रहण गरेकै दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारको आक्रामक खाका सार्वजनिक गरेका छन्।

‘आर्थिक स्थितिपत्र’ तत्काल सार्वजनिक गर्ने
१०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने
१५ वटा पुराना ऐन खारेज प्रक्रिया अघि बढाउने
राजस्व अनुसन्धान विभाग खारेज गर्ने संकेत

उनले अर्थतन्त्रलाई ‘टुक्राटुक्रा होइन, समग्र रूपमा सुधार गर्ने’ भन्दै पेपरलेस र क्यासलेस शासन प्रणालीतर्फ अघि बढ्ने घोषणा गरेका छन्। अर्थमन्त्री वाग्लेले स्पष्ट सन्देश दिएका छन्-अब सरकारको ध्यान ‘डेलिभरी’ मा हुनेछ। घुस, लाइन र झन्झटबाट मुक्त सेवा प्रवाह सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ।

को-को बने मन्त्री ?

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मा पाएका छन् ।

विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् ।

सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: