एमालेले पत्रकारको काम छैन भन्दै पार्टी कार्यालयबाट निकालेपछि…

Share:

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शनिबार पत्रकारमाथि दुर्व्यवहार भएको घटनाले सञ्चार स्वतन्त्रता र राजनीतिक संस्कृतिबारे प्रश्न उठाएको छ।

पार्टी सचिवालय बैठक चलिरहँदा समाचार संकलनका लागि पुगेका पत्रकारलाई एमालेका केही नेता-कार्यकर्ताले हातपात तथा धकेल्दै जबरजस्ती कार्यालय बाहिर निकालेका हुन्। प्रत्यक्षदर्शीका अनुसार पत्रकारहरूलाई ‘यहाँ पत्रकारको काम छैन, बाहिर जानुहोस्’ भन्दै अपमानजनक व्यवहार गरिएको थियो।

घटनापछि पत्रकारहरूले आफ्नो पेशागत कर्तव्य निर्वाह गर्नबाट रोकिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले राजनीतिक दलका गतिविधि जनतासँग जोडिएका विषय भएकाले त्यसको सूचना संकलन र प्रसारणमा अवरोध गर्न नहुने बताएका छन्।

यस घटनाले प्रेस स्वतन्त्रताको अवस्थाबारे चिन्ता थपेको छ। सञ्चारकर्मीहरू माथि हुने यस्ता व्यवहारले लोकतान्त्रिक मूल्य-मान्यता कमजोर बनाउने भन्दै सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।

कमेन्ट गर्नुहोस्
Share: