काठमाडौंका पूर्वसिडिओ छवि रिजाल रिहा

187
0
Share:

काठमाडौं । छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई पक्राउ परेको केही समयमै हाजिरी जमानीमा छाडिएको हो। अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान काठमाडौंको सुविधानगरस्थित निवास नजिकैबाट नियन्त्रणमा लिएको थियो। उनीमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा दमन गरेको आरोप लागेको छ। उक्त समयमा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आन्दोलनका घटनाबारे अध्ययन गर्दै रिजाललाई समेत दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धानका लागि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो। आन्दोलनका क्रममा भएको कथित मानवअधिकार उल्लंघन तथा बल प्रयोगबारे आयोगले बुझाएको प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ। रिजालले आफ्नो कार्यकालमा भएका सुरक्षा व्यवस्थापन र आन्दोलन नियन्त्रणका क्रममा अपनाइएका कदमबारे जवाफ दिनुपर्ने देखिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: