१० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटी पार्टनरमा टेम्पल बेल बुटिक र प्लाजा होटल ग्रूप

Share:

पोखरा । आगामी वैशाख १८ गते आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटी पार्टनरका रूपमा पोखराको टेम्पल बेल बुटिक होटल र काठमाडौंको प्लाजा होटल ग्रूपले साथ दिने भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने यस अवार्डका लागि हस्पिटालिटी क्षेत्रका प्रतिष्ठित संस्थाहरूसँग सम्झौता गरिएको हो।

सम्झौता पत्रमा पोखरा लेकसाइडस्थित फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेल र प्लाजा होटल ग्रूपका अध्यक्ष युवराज श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रममा मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई सभ्य र भव्य बनाउन हस्पिटालिटी पार्टनरको भूमिका महत्वपूर्ण हुने बताउँदै दुवै संस्थाप्रति आभार प्रकट गरे।

विश्वराज पौडेल तथा टेम्पल बेल बुटिकले गण्डकी प्रदेशको गौरव र खेलाडीलाई सम्मान गर्ने यस्तो महान कार्यमा सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको बताएको छ ।

युवराज श्रेष्ठ तथा प्लाजा होटल ग्रूपले खेल क्षेत्रको प्रवर्द्धनका लागि आयोजना हुन लागेको यस कार्यक्रमको सफलताको कामना गर्दै साथ दिन पाउँदा गौरव महसुस भएको बताएको छ ।

पोखरा इभेन्ट सेन्टरमा हुने यस १० औं संस्करणमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला) वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघरसंस्था, पिपुल्स च्वाइस अवार्ड (पुरस्कारमा स्कुटर उपलब्ध) तथा वर्ष उत्कृष्ट खेल पत्रकार गरी ८ विधामा अवार्ड प्रदान गरिनेछ ।

यस अवार्डलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, केल्मी नेपाल लगायतका सरकारी तथा निजी क्षेत्रका विभिन्न संघ(संस्थाहरूले सहयोग गरिरहेका छन् ।

पिपुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ भने अन्य सहयोगीहरू जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: