
पोखरा । लागूऔषध मुद्दामा कारागार कार्यालय कास्कीमा पुर्पक्षका लागि थुनामा रहेका एक प्रतिवादी आन्दोलनका क्रममा फरार भएपछि पुनः पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका-१७ छोरेपाटन निवासी ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङ गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
फरार रहेका गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले वैशाख ७ गते पोखरा महानगरपालिका-६ दिगोपाटन क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
