पोखरामा लागू औषधसहित एक महिला पक्राउ

109
0
Share:

पोखरा । पोखरामा जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ करिब ५ बजे पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टी क्षेत्रमा लागू औषधको बिक्री–वितरण भइरहेको सूचनाको आधारमा खटिएको टोलीले स्याङ्जा घर भई हाल पोखरा बस्दै आएकी २७ वर्षीया दुर्गा गहतराजलाई पक्राउ गरेको हो।

उनको साथबाट बुर्फिनर्फिन १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल लागू औषध तथा एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी गहतराजविरुद्ध लागू औषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालत बाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: