संक्रामक रोग नियन्त्रणका लागि गण्डकी प्रदेशमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग नियन्त्रणका लागि ५ करोड रुपैयाँ बराबरको आपतकालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय गरेको छ।

वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्दै कोषलाई छिटो संक्रमण फैलिने ५३ प्रकारका रोगहरूको नियन्त्रण र उपचारमा प्रयोग गरिने जानकारी दिए।

सरकारले आकस्मिक स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यस्तो कोष स्थापना गरेको जनाएको छ। यसले महामारी वा संक्रामक रोग फैलिएको अवस्थामा तत्काल उपचार, नियन्त्रण तथा आवश्यक स्रोत व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: