प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

245
0
Share:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ।

सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ।

आजको बैठकमा सरकारको सयबुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: