विज्ञान-प्रविधिप्रति सरकार उदासीन रहेको महावीर पुनको आरोप

184
0
Share:

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनप्रति चासो नदेखाएको भन्दै खिन्नता व्यक्त गरेका छन्।

पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले सोमबार सामाजिक सञ्जालमा अहिलेको सरकारले पनि विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन सम्बन्धि काम गर्ने छाँट पटक्कै नदेखिएको आरोप लगाएका छन्।

‘यसो सामाजिक सञ्जालतिर हेर्दा त अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन सम्बन्धि काम गर्ला जस्तो छाँट त पतक्कै देखिएन,’ उनले भनेका छन्, ‘बरु नव प्रवर्तनलाई त उद्योग मन्त्रालयतिर हाल्न खोजेजस्तो बुझिन्छ। अनि विज्ञान प्रविधि मन्त्रालयको त बिउ नै निर्मुल पार्ला जस्तो पो बुझियो त लाखे !’

नवप्रवर्तन भनेको उद्योगमा मात्र नभएर राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, विज्ञान प्रविधि, जीवन विज्ञान, संगीत, साहित्य आदि-इत्यादी सबै कुरामा हुने उनको भनाई छ। ‘मेरो टाउको फोड्नु नपरोस् है सरकारका साथीहरू! कुरा बुझ्नु भो ?’ उनको प्रश्न छ।

कमेन्ट गर्नुहोस्
Share: