
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज ‘पूर्व बजेट छलफल’ हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ ।
आजको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ ।
आर्थिक वर्ष २०८३/०८४ सालको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’को आयोजना गरिएको हो।
कमेन्ट गर्नुहोस्
