पोखराको काँहुखोलाबाट जुवातास खेलिरहेका १० जना पक्राउ

Share:

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ काँहुखोलास्थित एक खाजाघरबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार अपराह्न नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद ७७ हजार १८० रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका १० जना विरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: