गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन जेठ ११ गते, आउँदैछ आगामी वर्षको बजेट

Share:

पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार (आज) अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यही जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ ।

बर्खे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: