पोखरामा फुटपाथ अतिक्रमण गर्ने २०२ सवारी साधनमाथि कारबाही

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रका फुटपाथमा अव्यवस्थित रूपमा पार्किङ गरिएका दुईपाङ्ग्रे सवारी साधनमाथि व्यापक कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिका का नगर प्रहरीको संयुक्त टोलीले मंगलबार पोखराका सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरेको हो ।

प्रहरीका अनुसार फुटपाथमा मोटरसाइकल र स्कुटर पार्किङ गर्दा सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिहरूलाई आवतजावतमा समस्या भएको गुनासो बढेपछि विशेष अभियान चलाइएको हो।

अभियानका क्रममा फुटपाथ अवरुद्ध गरी पार्किङ गरिएका १०१ वटा सवारी साधनलाई ‘ह्विल लक’ गरेर कारबाही गरिएको छ भने थप १०१ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक स्थान र फुटपाथमा जथाभावी पार्किङ नगर्न सवारी चालक तथा धनीलाई आग्रह गर्दै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: