तीन दिनदेखि अस्वस्थ प्रचण्ड अस्पताल भर्ना

309
0
Share:

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार आज (शनिबार) बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

आचार्यका अनुसार प्रचण्ड तीन दिनदेखि अस्वस्थ छन्। ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरूले अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छन्। उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ’, आचार्यले भने।

कमेन्ट गर्नुहोस्
Share: