
पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माको सरुवा भएको छ । गृह मन्त्रालयको पछिल्लो निर्णयअनुसार उनी धनकुटाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएकी हुन् ।
शर्माको सरुवा भएसँगै कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव कुमानसिंह गुरुङ आउने भएका छन् । गृह मन्त्रालयले उनलाई कास्कीको सिडिओको रूपमा पदस्थापना गरेको हो ।
सरुवा भएकी शर्मा विगत एक वर्षदेखि कास्कीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन् । गृह मन्त्रालयका अनुसार यो सरुवा नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको हो ।
मन्त्रालयले रिक्त रहेका जिल्लाहरूमा पदपूर्ति गर्न र अवधि पुगेका अधिकारीहरूलाई जिम्मेवारी हेरफेर गर्ने क्रममा शर्मा र गुरुङको नयाँ पदस्थापना गरेको जनाएको छ ।
नयाँ सिडिओका रूपमा आउन लागेका गुरुङले चाँडै नै कास्की पुगेर आफ्नो कार्यभार सम्हाल्नेछन् ।
