फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात

Share:

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको समूह डीको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले हराएको हो ।

अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए ।

स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो ।

त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए ।

त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए ।

त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

यस जितसँगै समूह डीमा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ । समूह डीमा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।

यसअघि शुक्रबार राति भएको खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: