पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, ९१ हजारभन्दा बढी नगद बरामद

Share:

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका-१४ नयाँ एयरपोर्ट क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३ गते दिउँसो करिब ४ बजे जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ९१ हजार ५ सय ३५ रुपैयाँ तथा १ हजार ८३ पत्ती तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका ९ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

यसका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: