साउदी अरेबियालाई पराजित गर्दै स्पेन शीर्ष स्थानमा

Share:

काठमाडौं । फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा साउदी अरेबियालाई ४-० ले पराजित गर्दै स्पेन विजयी भएको छ। जारी विश्वकपमा स्पेनको यो पहिलो जित हो । यो जितसँगै स्पेन फेरि लयमा फर्किएको छ। यसअघिको खेलमा स्पेनले नवप्रवेशी केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको थियो।

एटलान्टामा भएको खेलमा साउदी अरेबियालाई ४-० ले पराजित गरेसँगै स्पेन ४ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको हो।

साउदी अरेबियाविरुद्ध खेलको १० औँ मिनेटमा स्पेनका लामिन यमालले पहिलो गोल गरे।

त्यसपछि २१औँ र २३औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल थप्दै टोलीलाई ३-० को सहज अग्रता दिलाए।

दोस्रो हाफमा साउदी अरेबियाका हसन अल–तम्कदीबाट आत्मघाती गोल भएपछि स्पेनले ४-० को जित हात पारेको हो।

अब स्पेनलाई अन्तिम ३२ मा स्थान सुरक्षित गर्न उरुग्वेविरुद्धको अन्तिम खेलमा १ अंक बराबरीको नतिजा आवश्यकता छ।

साउदी अरेबियाले भने अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डेविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने हुन्छ।

विश्वकप फुटबलमा आज बिहान पौने ७ बजे क्यानडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा न्यूजिल्यान्ड र इजिप्टले खेल्दैछन्। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।

कमेन्ट गर्नुहोस्
Share: